नवलपुरमा यस वर्ष पाँच प्रजातिका नयाँ चरा देखिए
कावासोती । नवलपुरमा यस वर्ष ५ प्रजातीका नयाँ चरा देखापरेको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा जिल्लाको मध्यवर्ती क्षेत्र अन्तर्गत नारायणी नदी आसपास क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष लालठुडेँ हाँस, पानी चाह, चित्राङग, कैलो टाउके हाँस र माल चरी गरी पाँच प्रजातिका नयाँ चरा देखापरेको हो ।
हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४६ प्रजातीका चरा देखापरेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबि चौधरीले जानकारी दिनुभयो ।
यस्तै यसवर्ष जल...


