×

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ । उक्त खोप भोली विहीबार नै नेपाल आइपुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप उपलब्ध गराएको जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।

मन्त्री त्रिपाठीले भने, ‘खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिएर लगाउन सुरु गरिनेछ ।’

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया एसआईआई ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया