Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैंडाकोट । गैंडाकोट नगर पालिकामा राष्ट्रिय परिचय पत्रको आवेदन संकलन कार्यक्रमको शुभारम्भ भएको छ । नगरपालिकाको वडा नम्बर ५ बाट राष्ट्रिय परिचयपत्रको आवेदन संकलन कार्यक्रमको एक समारोहको आयोजना गरी शुभारम्भ गरिएको हो । वडा नं‍‌. ५ मा रहेको एकता टोल विकास संस्थामा स्थापना गरिएको आवेदन संकलन सेन्टरको वडाध्यक्ष नवराज कँडेलले रिबन काटेर शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र शुभारम्भ कार्यक्रम पश्चात स्थानिय ९८ वर्षीय वयोबृद्ध लीलाधर ढकालले पहिलो पटक आवेदन भरेर र फोटो खिचाएर सेवा लिनु भएको छ ।

सो अवसरमा वडासदस्य पार्वर्ती सापकोटा, एकता टोल विकास संस्थाका अध्यक्ष अर्जुन पोखरेल, संस्थापक अध्यक्ष खडानन्द गौतम, सल्लाहकारहरु लक्ष्मण कार्की र ठाकुर पोखरेल लगायतको सक्रिय सहभागिता रहेको थियो । यसैगरी वडा नम्बर ५ कै भवानी टोल विकास संस्थामा पनि मंगलबारदेखि नै राष्ट्र्रिय परिचय पत्रका लागि आवेदन संकलन कार्यक्रम सुरु भएको छ ।

राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । गैंडाकोट नगरपालिकामा सोमबारदेखि नै राष्ट्र्रिय परिचय पत्रका लागि आवेदन संकलन गरेने भनिए पनि विविध कारणवस मंगलबार मात्र पहिलो पटक वडा नं ५ बाट शुभारम्भ गरिएको हो ।

तपाईको प्रतिक्रिया