×

गैँडाकोट । पूर्वि नवलपुरमा आजदेखि राष्ट्रिय परिचयपत्रको लगत संकलन सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले गैँडाकोट नगरपालिकाबाट आज देखि परिचयपत्रको लगत संकलन गर्न लागेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले गैँडाकोट नगरपालिकाका १८ वटै वडामा एकैसाथ परिचयत्रको लगत संकलन कार्य प्रारम्भ गर्न  लागिएको जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका भित्रका वडाहरुमा कम्तिमा ९ देखि बढीमा १५ दिन सम्म परिचयपत्रको लागि विवरण संकलन र कम्प्युटरमा प्रविष्टी गर्ने काम हुनेछ । जिल्लाका स्थानीय तह हरुमध्ये गैँडाकोट नगरपालिकाबाट पहिलोपटक  तथ्याकं संकलनकाे  काम सुरु हुन लागेको हो ।

परिचयपत्र बनाउको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति,पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
“हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिन्छ, यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुनेछ ।”

तपाईको प्रतिक्रिया