×

गैँडाकोट । हिमानी ट्रष्टले पूूर्वि नवलपरासीमा बुधवार न्यानो कपडा वितरण गरेको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. १ मा ट्रष्ट मार्फत न्यानो कपडा वितरण गरिएको हिमानी ट्रष्टका अभियान्ता सरोज कंडेलले जानकारी दिए ।

नेपाल राष्ट्रिय सम्सेर माध्यामिक विद्यालयमा आयोजित एक समारोहमा ट्रष्टका नवलपुर संयोजक राजेश मैनाली र सहसंयोजक केश बहादुर गुरुङले संयुक्त रुपमा ३६ जना विपन्न परिवारका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।

न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रचार्य ईन्द्रराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बद्री गौडेल, वडा सदस्य सीता सापकोटा, हिमानी ट्रष्टका अभियान्ता सरोज कंडेल, युवा व्यवसायी सविन क्षेत्री लगायतको उपस्थिति रहेको थियो । हिमानी ट्रष्टले आर्थिक रुपमा विपन्न र कमजोर परिवारका सदस्यहरुलाई राहत उपलव्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया