×

एलिना केसी
नवलपुर । नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । नवलपुर क्षेत्र नं १ का संघीय सांसद समेत रहेका कोइरालाले शनिबार नेपाली काँग्रेस देवचुली नगर समितिले आयोजना गरेको विरोध कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथी रहेका कोइरालाले प्रधानमन्त्री ओलीले चुनाव गराउने भने पनि चुनाव हुन नसक्ने जिकिर गरे ।

संविधानको कुनै पनि धारामा प्रधानमन्त्री ओलीको शैलीमा संसद विघटन गर्न मिल्ने व्यवस्था नभएकोले प्रधानमन्त्रीले संविधान च्यातेर चालेको कदमले आम जनतामा चरम निराशा छाएको र विघठित संसद पुर्नस्थापना भएर छाडने विश्वास व्यक्त गरे ।

विरोध सभा कार्यक्रम दलदले चोकबाट र्यालीको आयोजना गरि चौधरी उद्योग ग्राम गेटमा कोणसभाको आयोजना गरि सम्पन्न गरिएको थियो । र्यालीमा नेपाली काँग्रेसका नेता कार्याकर्ताहरुले प्रधानमन्त्री ओली र नेकपाको सरकार विरुद्ध नारा लगाएका थिए ।

विरोध सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम विरुद्ध आफ्ना आवाज बुलन्द गरेका थिए । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया