घरायसी विवादले लियो ज्यान: नवलपुरमा श्रीमतीको घाँटी रेटेर हत्या
नवलपुर- नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३, उदयटारीमा घरेलु विवादका कारण एक महिलाको ज्यान गएको छ।बिहीबार बिहान करिब १०:३० बजे, ५० वर्षीय महेन्द्र पौडेलले आफ्नी ४७ वर्षीया पत्नी गोमा पौडेलको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार पौडेलले तरकारी काट्ने धारिलो चक्कु प्रयोग गरी श्रीमतीको घाँटीमा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी गोमाको घटनास्थलमै मृत्यु भएको थियो।
हत्या लगत्तै आरोपी महेन्द्र ...


