सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न
नवलपुर- व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यसहित नवलपुरको गैडाकोट–१ मा अवस्थित सरस्वती निकेतन विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी क्षेत्रीय अवलोकन (फिल्ड भिजिट) कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले रामपुर कृषि क्याम्पस र मेघौलीस्थित गोलाघाट क्षेत्रको अवलोकन गरेका थिए। परियोजना कार्यका रूपमा सञ्चालित यस भ्रमणमा विद्यार्थीहरूले नेपाली, सामाजिक र विज्ञान विषयसँग सम्बन्धित व्यवहारिक अध्ययन गरेका थिए।
विद्यालयका अ...


