गैँडाकोटमा सडक र सामुदायिक कुकुरलाई रेविजविरुद्ध खोप अभियान सुरु
गैँडाकोट - गैँडाकोट नगरपालिकाको आयोजनामा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउने अभियान आज (सोमबार) मिलनचोक, वडा नं. १ बाट सुरु भएको छ ।
नगरका सबै १८ वटै वडामा सञ्चालन हुने यस अभियान करिब एक महिनासम्म चल्नेछ । नगरपालिकाले गैँडाकोटमा मात्रै दुई हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरेको छ । गतवर्ष रेविजका कारण गैँडाकोटमा २ जनाले ज्यान गुमाउनुपरेको हुँदा यस वर्षको अभियानलाई अझ प्रभावकारी बनाइएको छ ।
खोप अभियानमा हिमालयन एनीमल रेस्क्यू ट्रस्ट (हार्ट नेपाल),...


