गुल्मी–अर्घाखाँची सम्पर्क समाज गैँडाकोटद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
गैँडाकोट । गुल्मी–अर्घाखाँची सम्पर्क समाज गैँडाकोटको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम शुक्रबार गैँडाकोटमा सम्पन्न भएको छ ।तीजको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी महिलाहरूले दर खाने परम्परा पालन गर्नुका साथै शुभकामना आदान–प्रदान गर्दै तीज गीतमा रमाइलो नृत्य गरेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने रेडियोलोजिष्ट...


