×

गैँडाकोट-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैँडाकोट नगरपालिका–१८ मा पहिलोपटक वडास्तरीय तदर्थ समिति गठन गरेको छ। पार्टी संगठन विस्तार गर्ने रणनीतिका साथ स्थानीय तहमा सक्रियता बढाउने उद्देश्यसहित समिति गठन गरिएको रास्वपा गैँडाकोटले जनाएको छ।

गैँडाकोटका सभापति विमल घिमिरेको अध्यक्षता र रास्वपाका नेता गोकुल सापकोटा तथा ललित श्रेष्ठको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा वडाका कार्यकर्ताहरूको सहभागीता उल्लेखनीय रहेको थियो। कार्यक्रममा स्थानीय स्तरमा संगठन विस्तार, सदस्यता अभिवृद्धि, र आगामी राजनीतिक गतिविधिका योजनाबारे पनि छलफल भएको थियो।

नवगठित तदर्थ समितिको संयोजकमा मिनबहादुर थापा चयन भएका छन्। उप–संयोजकमा लक्ष्मी राना (थापा), सचिवमा तोपबहादुर सारु, सह–सचिवमा ढलबहादुर चुमी नियुक्त गरिएको छ।
सदस्यहरूमा जंगबहादुर आले, कुलबहादुर सारु, मिना मापछनलगायत मनोनीत गरिएको पार्टीले जानकारी दिएको छ। समिति गठनसँगै गैँडाकोट–१८ मा रास्वपाले आफ्नो संगठनात्मक उपस्थिति औपचारिक रूपमा विस्तार गरेको छ।

तपाईको प्रतिक्रिया