×

नवलपुर विशेष

गैँडाकोट जेसीजकाे पद हस्तान्तरण समारोह सम्पन्न

गैँडाकोट जेसीजकाे पद हस्तान्तरण समारोह सम्पन्न
नवलपुर । गैँडाकोट जेसीजको वर्ष २०२२ का लागि १५ औ पद स्थापना, पद हस्तान्तरण समारोह सम्पन्न भएको छ । केहि दिन अगाडी चयन भएको जेसी शंकर अधिकारीको नेत्रित्वलाई वर्ष २०२१ को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले गैँडाकोट क्षेत्रभित्र रहेर जेसीजले समाज सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका बिपन्न समुदाय...

गैँडाकोटमा भेटिएको ४५ हजार रुपैँया कावासोतीका तिवारीलाई हस्तान्तरण

गैँडाकोटमा भेटिएको ४५ हजार रुपैँया कावासोतीका तिवारीलाई हस्तान्तरण
गैँडाकोट । नवलपुरको गैँडाकोटमा माघ १३ गते बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया कावासोतीका बोल प्रसाद तिवारीलाई प्रदान गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १ का तिवारीले भरतपुरको आलुमण्डीबाट कावासोती जाने क्रममा गैँडाकोटको काँग्रेसचोकमा ४५ हजार रुपैँया खसेको बताए । गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया आज पत्रकारहरुको रोहबरमा उनलाई हस्तान्तरण गरिएको छ ।हराएको पैसा भेटिदा बोलप्रसाद खुसीले गदगद भएको बताए । ४५ हजार...

४ सय किलो बदेलकाे मासु सहित कावासाेतीमा ६ जना पक्राउ

४ सय किलो बदेलकाे मासु सहित कावासाेतीमा  ६ जना पक्राउ
नवलपुर । नवलपुरमा बदेलको मासु सहित ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ चालिस किलो जंगलको पूर्व–पश्विम राजमार्गमा प्रहरीले चेकिङ्गको क्रममा बदेलको मासु सहित २ वटा पिकअफ जिप र ६ जनालाई नियन्त्रणमा लिएको हो । पश्चिमबाट पूर्व तर्फ आउदैँ गरेका ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको पिकअप जिपलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा ना ३ च ७१८८ नम्बरको पिकअप जिपमा ४ वटा मृत बदेल र टाउको २ वटा र लु २ च ६८९८ नम्बरक...

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !

नवलपुरको गैँडाकोटमा भेटियो ४५ हजार नगद !
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ काँग्रेसचोकमा ४५ हजार नेपाली रुपैँया फेला परेको काँग्रेस नेता कमलप्रसाद पराजुलीले उज्यालो खबरलाई बताए । गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया कसले खसालेको हो भन्नेबारेमा हालसम्म केहि खुल्न सकेको छैन । पैसा हराएका जो कोहिले पनि आफ्नो रकम प्रमाण सहित दावी गर्नका लागि पराजुलीले आग्रह गरेका छन् । पैसा ...

नवलपुरमा काेइकाद्धारा १० लाख बराबरकाे कृषि औजार हस्तान्तरण

नवलपुरमा काेइकाद्धारा १० लाख बराबरकाे कृषि औजार हस्तान्तरण
नवलपुर । मधबिन्दु नगरपालिका टांडिका किसानलाई कोइकाले कृषि औजार हस्तान्तरण गरेको छ । शुक्रवार मध्यबिन्दु नगरपालिका वडा नम्बर ६ टांडिमा आयोजिक एक समारोहमा त्यहाका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार हस्तान्तरण गरिएको हो । औजार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मेहेनती किसानलाई कृषिमा ब्यबसायीकीकरण गर्न कोइकाले औजार हस्तान्तरण गरेर ठुलो गुन लगाएको बताए । औजारको प्रयोगले कृषिको ब्यबसायीकीकरणमा बल पुग्ने उ...

निःशुल्कका नाममा चितवन मेडिकल कलेजको धन्दा

निःशुल्कका नाममा चितवन मेडिकल कलेजको धन्दा
चितवन । सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । सरकारसँगको सम्झौताविपरीत चितवन मेडिकल कलेजले बिरामीसँग पैसा लिएको तर...

 कालीगण्डकी नदीमा  ३१ हजार माछाका भुरा छाडियाे 

 कालीगण्डकी नदीमा  ३१ हजार माछाका भुरा छाडियाे 
प्रकाश सिग्देल नवलपुर । कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदिमा छाडेको । गैडाकोट नगरपालिका प्रमुख मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा यहाँ माछाका भुरा छाडिएको हो । गैँडाकोट नगरपालिकावडा नम्वर ३ को ढोडेनी देखी १० किलोमिटर माथि महेश्वर खोला भ्रोक्रे फाट भन्ने स्थानमा पुगेर काली नदिमा माछा छाडेको हो । नदीमा पुगेर ३१ हजार माछाका भुरा छाडिएको कार्यालयका...

नवलपुरको बुलिङटारका कोरोना संक्रमित पुरुषको मृत्यु

नवलपुरको बुलिङटारका कोरोना संक्रमित पुरुषको मृत्यु
नवलपुर । पूर्वि नवलपरासीको बुलिङटारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।बुलिङटार गाउँपालिका वडा नं. १ का ४६वर्षका पुरुषको कोभिडका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । निमोनिया सम्बन्धी समस्या भएपछि भरतपुर अस्पतालमा माघ १० गते भर्ना भएका उनमा सोहि दिन कोरोना पोजेटिभ पुष्टी भएको थियो । उनको उपचारको क्रममा ११ गते राति ज्यान गएको हो ।

गैँडाकोटको जनसंख्या ८०हजार ७३७

गैँडाकोटको जनसंख्या ८०हजार ७३७
नवलपुर । गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार नाघेको छ । केन्द्रीय तथ्याकं विभागले राष्टिय जनगणना २०७८को आज सार्वजनिक गरेको नतिजा अनुसार गैँडाकोट नगरपालिकाको जनसंख्या ८० हजार ७३७ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ४२ हजार १२ र पुरुषको जनसंख्या ३८ हजार ७२५ रहेको छ । जिल्लामा सबैभन्दा बढि जनसंख्या कावासोती नगरपालिकाको रहेको छ । कावासोती नगरपालिकामा ८७ हजार १७६जनसंख्या रहेको केन्द्रीय तथ्याकं विभागले जनाएको छ । कावासोतीमा ४६ हजार २८६ महिला र ४० हजार ८९० पुरुष रहेका छन् । नव...