गैँडाकोट । नवलपुरको कावासोतीमा अटो चालकको हत्या भएको छ । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्या भएको हो ।घर नजिकैको घोलमा उनको शव गाडिएको अवस्थामा फेला परेको कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद राना मगरले उज्यालोले जानकारी दिनुभयो ।

सडक छेउमा अटो राखिएको र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाईएको  वडाअध्यक्ष राना मगरले भन्नुभयो ।गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित ब्यक्तिले घरमै आएर अटोमा पुर्याईदिन भनेपछि उनि घरबाट निस्किएकाे वडा अध्यक्ष रानाले बताउनु भयो ।नवलपपुर प्रहरीले भने घटनाको अनुसन्धान भैरहेको बताएको छ । डिएसपी दिलिप कुमार गिरीले घटनाको अनुसन्धान भैरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया