नवलपुर । गैँडाकोट नगरपालिकामा भोलि कोरोना विरुद्धको खोप लगाइने भएको छ । गैँडाकोट स्वास्थ्य चौकी, नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीमा विहान १०:३० बजेदेखि दिउसो ३ बजेसम्म खोप लगाउने कार्यक्रम तय भएको जनस्वास्थ्य निरिक्षक सरला कुमालले बताउनु भयो ।
उहाले हालसम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएकाहरुका लागि लक्षित गर्दै खोप कार्यक्रम तय गरिएको बताउनुभयो । विहान १०:३० वजेदेखि तोकिएको स्थानमा पुगेर खोपसेवा लिन उहाँले अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया