×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ८ को बैठकले वडाको जय महादेव टोलमा ३५ सदस्यीय टोल कमिटि गठन गरेको छ।नेकपा एमाले जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता एवंम् नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षतामा भएको बृहत भेलाले जय महादेव टोलमा लक्ष्मी पौडेलेको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटि गठन गरेको हो ।

वडा नं. ८ का अध्यक्ष श्रीहरी चालिसेले वडाका ९ वटै टोलहरुमा कमिटि गठन गर्ने अभियान अन्तर्गत जयमहादेव टोलमा कमिटि गठन गरिएको  जानकारी दिनुभयाे । कमिटिको उपाध्यक्षमा आत्मकुमारी पौडेल, सचिवमा तारा पौडेल, उपसचिवमा पार्वती परियार र दल बहादुर बिक रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा कल्पना न्यौपाने, शान्ती पौडेल, गिता रेग्मी, सिता रोका,अनिता तामाङ, आयुष पौडेल, विकाश तमाङ, सुसन पौडेल, मुक्ति सिग्देल, गजेन्द्र तामाङ, शुसिल पौडेल, हेमा अर्याल, कल्पना पौडेल, भिमराज पौडेल, कुस्मकला पौडेल, कमला रिजाल, अनिल परियार, निर्मला घिमिरे, सुर्य ठकुरी, इन्द्र राना, माधव थापा, विवेक पराजुली, गणेश पौडेल, निशा परियार, प्रताप रेग्मी ,सन्तोष पौडेल, विन्दु शर्मा, नारायण सापकोटा र हरिकला सापकोटा रहनु भएको छ ।

अभियान अन्तर्गत वडाको बिजयनगर करङघारी टोलमा माघ १९ गते टोल कमिटि गगन गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष श्रीहरी चालिसेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया