सुस्मा न्याैपाने
नवलपुर । नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत कर्मचारी बोकेको पीकअप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।पूर्वि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १७ झराही खोलामा सडक आयोजनाका कामदार बोकेको बा १४ च २९०६ नम्बरको पीकअप दुर्घटना हुँदा ८ जना कामदार घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको भ्यान विहान ७ :३० वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ । प्रहरीका अनुसार उनिहरु सबैको अवस्था मध्यम छ ।



उज्यालो खबर




