×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा माघ १३ गते बेवारिसे अवस्थामा ४५ हजार नेपाली रुपैँया कावासोतीका बोल प्रसाद तिवारीलाई प्रदान गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १ का तिवारीले भरतपुरको आलुमण्डीबाट कावासोती जाने क्रममा गैँडाकोटको काँग्रेसचोकमा ४५ हजार रुपैँया खसेको बताए ।

गैँडाकोट नगरपालिका वडा नं. ४ का ९० बर्षीय बृद्ध रामप्रसाद ओझाले सडकमा फेला पारेको सो नगद रुपैँया आज पत्रकारहरुको रोहबरमा उनलाई हस्तान्तरण गरिएको छ ।हराएको पैसा भेटिदा बोलप्रसाद खुसीले गदगद भएको बताए । ४५ हजार रुपैँया भेटिएको खबर उज्यालो खबरले प्राथमकिताका साथ प्रकाशन गरेको थियो ।

तपाईको प्रतिक्रिया