गैँडाकोटबाट हराइरहेका इञ्जिनियरिङका विद्यार्थी बुटवलमा भेटिए
गैँडाकाेट । गैंडाकोेटबाट बिगत पाँच दिनदेखि हराइरहेका इञ्जिनियरिङका २१ वर्षीय विद्यार्थी डेभिड तिमिल्सिना बुटवलमा फेला परेका छन् ।बुटवलबाट घरमा बहिनीलाई फोन गरेपछि उनी बुटवलमा रहेको पत्ता लागेको हो ।
आज उनलाई लिन परिवार बुटवलतर्फ जाँदै गरेको उनका आफन्त आशिष कैनीले उज्यालाे खबरलाई जानकारी दिए । उनले किन के कारणले कसरी बुटवल पुगेको भन्ने खुलाउन चाहेनन् ।
अक्सफोर्ड कलेजमा सिभिल इन्जिनियरिङ चौथो समेस्टरमा अध्ययनरत डेभिड तिमिल्सेना पाँच दिनदेखि बेपत्ता भएका थिए । गैँडाकोट–४ क...


