गैँडाकोट । नेकपा एमाले नवलपुरका सल्लाहकार मोति प्रसाद रिजाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । झण्डै ४० वर्षको एमालेसँगको नाता तोड्दै रिजाल स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।यहि ज्येष्ठ ७ गते रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको खुलेको छ । उहाँको सदस्यता नम्बर NA१क- ००००१६५१९ रहेको छ ।
४० वर्षसम्म एमालेमा लागेको देशको विकास र परिवर्तनका लागि हो, त्यो बेलाका मदन भण्डारी र मनमोहन अधिकारीको भिजन तथा विकासको अवधारणा देखेर लागियो तर पार्टीको पछिल्लो नेतृत्वले नेताहरुको भिजनलाई बोक्न सकेनन् उहाँले भन्नुभयाे ।
रास्वपा प्रवेश गरेका रिजालले नेपाल निजामती कर्मचारी संगठन नवलपुरकाे अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठनकाे केन्द्रीय सल्लाहकार सदस्य तथा पेशागत महासंघकाे केन्द्रीय सदस्य समेत भै काम गरिसक्नु भएकाे थियाे ।
राष्ट्रिय स्वन्त्र पार्टीको सदस्यता लिएपनि आफुले कहिल्लै लाभको पदमा दावी नगर्ने रिजालले बताउनुभयो । मैले रास्वपामा लागेर लाभको पदमा दावी गर्ने मनसाय राख्नेछैन उहाँले भन्नुभयो, पार्टीले दिएको जिम्मेबारी इमान्दारिताका साथ पुरा गर्नेछु ।




उज्यालो खबर




