×

गैँडाकोट । शुक्रबार एक कार्यक्रमका बिच नेपाल बक्सिङ संघ नवलपरासी ब.सु.पू को पुर्नगठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा महेन्द्रभक्त अधिकारी रहनुभएको छ ।

त्यस्तैगरी उपाध्यक्षमा दलबहादुर राना, सचिव गोविन्दराज लामिछाने, कोषाध्यक्ष भरत सुबेदी र सदस्यहरुमा क्रमश लक्ष्मण कार्की, भरत सुबेदी, केशव थापा, लक्ष्मी अधिकारी, थानेश्वर चालिसे, हिरादेवी महतो, नगेन्द्र बानिया र उत्सवभक्त अधिकारी रहनुभएको छ ।

यस अघि सम्पन्न कार्यक्रममा द्धन्द्ध पीडित संघ लुम्विनीका पूर्व संयोजक नारायण गौतमको प्रमुख आतिथ्यता रहनुभएको कार्यक्रमको अध्यक्षता महेन्द्रभक्त अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा एसपीएम टोल गैंडाकोटका अध्यक्ष दर्शन सापकोटा, एसपीएम कलेजका प्राचार्य दीपेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया