गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका भित्रको पहिलो बालमैत्री तथा बाताबरण मैत्री स्कूल गैँडाकोट इङ्लिस स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । स्कूलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको झल्को दिने गरी मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरेको हो ।

निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवंम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचन गराईएको स्कूलका प्राचार्य हिरालाल अर्यालले बताउनुभयो । स्कूलका कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षकहरु गरि ६५० जना मतदाताले विभिन्न पदमा उम्मेदवारी दिएका ५४ जना विद्यार्थी (उम्मेदवार)हरुलाई मत दिएको उहाँले बताउनुभयो ।

मतदान प्रकृयामा सकृय सहभागिता जनाउँदै आफ्नो नेता आफै चयन गरेका हुन् । सो अवसरमा विद्यार्थीहरु आफैले निर्वाचन अधिकृत, मतदाता, पर्यवेक्षक, सञ्चारकर्मी लगायतको भूमिका निर्वाह गरेको स्कूलका एकेडेमिक डाइरेक्टर  विना कोइरालाले जानकारी दिनुभयो ।

बिहिवार भएको निर्वाचन मार्फत स्कुल हेडमा विलप्व कुवर र डेपुटी हेडमा आरोही खडका विजयी भएका छन् भने बाल क्लब अध्यक्षमा सचिन पौडेल र उपाध्यक्षमा मानसी लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी जुनियर रेडक्रस सर्कलको अध्यक्षमा श्रीराम सिग्देल, उपाध्यक्षमा प्राञ्जल पौडेल, ब्लु हाउस क्याप्टेन दर्शन मिश्र र भाइस क्याप्टेनमा प्रविना सिग्देल, एल्लो हाउस क्याप्टेन अनमोल सापकोटा र भाइस क्याप्टेनमा आकृति थापा, रेड हाउस क्याप्टेनमा कृतिका कायस्थ र भाइस क्याप्टेनमा रुपेश कुमार मुखिया, ग्रिन हाउस क्याप्टेन साइमोन महतो र ग्रिन हाउस भाइस क्याप्टेनमा तेजस्वी पन्त निर्वाचित भएको प्लस टु संयोजक जिवन दवाडीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया