×

गैँडाकोट । नेकपा एमाले नवलपुर जिल्ला सदस्य गिरिराज उपाध्यायले एमाले परित्याग गरेका छन् । बर्तमान पार्टी नेतृत्व ठुला ठुला भ्रष्टाचारको काण्डमा संग्लन रहेको तथा नेकपा एमाले कम्युनिष्ट पार्टीको मुल आर्दशबाटै बाहिर गएको भन्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

नेपाल प्रगतीशिल प्रध्यापक संगठनको इन्चार्ज, पार्टी स्कुल विभागको सदस्य तथा एमाले गैँडाकोटका एकका इन्चार्ज समेत रहेका उपाध्यायले नवलपुर एमालेभित्रका निर्णय तथा लेवी खर्च समेत अपारदर्शी भएको दावी गरेका छन् ।एमाले जिल्ला अध्यक्षलाई सम्बोधन गरि पठाएको पत्रमा उपाध्यायले गन्तव्यहीन बाटोमा हिडेर बाटोमै हराउनु भन्दा त्यो बाटो नै नहिड्नु उपयुक्त हुने बताएका छन् ।

राजिनामा पत्रमा उनले लेखेका छन् – “३३ वर्षदेखिको मेरो अविराम यात्रालाई विश्राम दिने निश्र्कषमा पुग्दै इमेल मार्फत यो राजिनामा पेश गरेको छु, स्वीकृत गरि सबै जिम्मेबारीबाट मुक्त गरिदिनुहोला ।”

लामो समयदेखि एमालेमा रहेर काम गरेका उपाध्यायको राजिनामाले एमाले भित्र  तरङ्ग सृजना भएको छ । एमालेसँगको नाता तोडेपछि अव तपाईको बाटो कता ? भन्ने उज्यालो खबरको जिज्ञाशामा उनले आफु स्वतन्त्र रहने बताए ।

राजिनामा पत्र हेर्नुहोस ।

तपाईको प्रतिक्रिया