गैँडाकोट । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुरको गैँडाकोटमा आफ्नो सकृयता बढाएको छ । पालिकाको सबै वडाहरुमा कमिटी गठन गर्ने अभियान चलाएको रास्वपाले हालसम्म ७ वटा वडाहरुमा कमिटी गठन गरिसकिएको जनाएको छ ।राष्टिय स्वतन्त्र पार्टी गैँडाकोटका सचिव टिकाराम लामिछानेका अनुसार वडा नं. १,२,५,६,८,१२ र १३ नम्बर वडामा नेतृत्व चुनिएको छ ।

उनका अनुसार वडा नं १ को सभापतिमा गणेश घिमिरे, उपसभापतिमा लक्ष्मी पोखरेल (पाण्डे) र सचिवमा हरिशरण पोखरेल रहेका छन् । त्यसैगरी वडा नं. २ को सभापतिमा रामु रिजाल र सचिवमा उत्सव कंडेल रहेका छन् वडा नं. २ को उपसभापति पद हालका लागि रिक्त छ ।

वडा नं.५ को सभापतिमा युवराज कुमार कार्की, उपसभापतिमा कृष्ण प्रसाद शर्मा र सचिवमा सरिता भूसाल चयन भएका छन् । यसैगरी वडा नं. ६ को सभापतिमा कुशल अधिकारी, उपसभापतिमा शुभद्रा पराजुली (अधिकारी) र सचिवमा प्रेम प्रसाद सापकोटा चयन भएका छन् ।
रास्वपा गैँडाकोटका अनुसार गैँडाकोट वडा नं. ८ को सभापतिमा तारानाथ सुवेदी, उपसभापतिमा बविता कुंवर, र सचिवमा हरिप्रसाद शर्मालाई जिम्मेबारी दिइएको छ ।

गैँडाकोट वडा नं. १२ को सभापतिमा मनिलाल अधिकारी, उपसभापतिमा विष्णु लामिछाने,र सचिवमा हरिप्रसाद पौडेल रहेका छन्। वडा नं. १३ रास्वपाको सभापतिमा बासुदेव पौडेल, उपसभापतिमा सिता अधिकारी र सचिवमा खेमराज पौडेल रहेका छन् ।

 

तपाईको प्रतिक्रिया