जयश्री च्यारिटी नेपालले वैशाख ३० गते बृहत रक्तदान कार्यक्रम गर्ने
गैँडाकोट । जयश्री च्यारिटी नेपालले यहि वैशाख ३० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकाे छ । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा वैशाख ३० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो ।
बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभि...


