बद्रि प्रसाद अर्याल
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहेको नमूना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ताको संस्थाको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस, नेकपा एमाले र राष्टिय स्वतन्त्र पार्टी विच प्रतिष्पर्धा हुने भएको छ । तेस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लाग यहि जेष्ठ २७ गते निर्वाचनको कार्यक्रम घोषणा गरेसँगै प्रमुख पदहरुमा ती दलका प्रतिनिधिहरुले नाम लेखाएका छन् ।
अध्यक्ष पदका लागि हालका सचिव जयराम कंडेल र पूर्व अध्यक्ष विष्णु सापकोटाले उमेदवारी दर्ता गराएका छन् । कंडेल नेकपा एमालेका तर्फबाट उमेदवार हुन् भने सापकोटा काँग्रेसको तर्फबाट उम्मेदवार बनाइएका हुन ।
उपाध्यक्ष पदमा जोगमाया सुनारी, हरिमाया सापकोटा र लक्ष्मी विकको उम्मेदवारी परेको छ । उनिहरु क्रमश नेपाली काँग्रेस, रास्वपा र जनमोर्चा तर्फका उम्मेदवार हुन् । त्यसैगरी सचिवमा नेपाली काँग्रेसका प्रकाश भूसाल, नेकपा एमालेका दुर्गाप्रसाद सापकोटा, तेजेन्द्र चालिसे र रास्वपाका कुशल अधिकारीले उमेदवारी दिएका छन् ।
कार्यसमितिको कोषाध्यक्ष पदका लागि नेपाली काँग्रेसका लक्ष्मीप्रसाद कंडेल, नेकपा एमालेका नेत्रराज सापकोटा र रास्वपाका गोविन्द प्रसाद सापकोटाले उमेदवारी दिएका छन् ।सहसचिवमा चारजनाले दावी गरेका छन् । उत्तमप्रसाद बकवाल, लक्ष्मी प्रसाद चौधरी,जंग बहादुर थापा मगर,कल्पना बिक र विमल शर्माले सहसचिवका लागि चाहना राखेका हुन् । सहसचिवमा उम्मेदवारी दिएका मध्ये विमल शर्मा एमालेका उम्मेदवार हुन् भने अरु खुल्न बाँकी छ ।
संस्थाको लेखासमिति संयोजका लागि काँग्रेसका इश्वरीप्रसाद चाँपागाई र रास्वपाका इन्द्रमणी चालिसेले उमेद्वारी दर्ता गराएका छन् । कार्यसमितिको ८ सदस्यका लागि २४ जनाको नाम उमेदवारको रुपमा दर्ता भएको छ ।
जेष्ठ २७ गते विहान १० बजेबाट नयाँ नेतृत्व चयनका लागि १९६२ मतदाताले भोट हाल्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।नमूना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ताको संस्थाले गैँडाकोटको ६,७,८ र ९ नं वडामा पिउनेपानी उपलव्ध गराउँदै आएको छ ।



उज्यालो खबर




