नारायणी नदीमा डुबेर नवलपुरमा श्रीमान श्रीमतीको मृत्यु
गैँडाकोट । नारायणी नदीमा डुवेर नवलपुरमा श्रीमान श्रीमतीको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. २ नन्दपुर स्थित नारायणी नदीमा डुवेर स्थानीय सोमबहादुर बोटेर र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटेको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार आइतबार अपरान्ह नदी पार गरेर न्यूरो टिप्न जाँदा श्रीमान श्रीमती नदीमा डुबेर मृत्यु भएको हो । स्थानीय र प्रहरीले खोजि गर्ने क्रममा श्रीमती बगरीको शव साँझ ६ : ४५ वजे र श्रीमान सोमबहादुरको शव राति ८ : १५ वजे फेला पर...


