गैँडाकोट । अत्याधिक गर्मीका कारण गत आइतबारदेखि बन्द भएका गैँडाकोटका संस्थागत विद्यालयहरु थप २ दिन बन्द हुने भएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) गैँडाकोट नगरको बैठकले थप २ दिन विदा दिने निर्णय गरेको हो ।
आज बसेको बैठकले विहिवार र शुक्रबार गरि २ दिन स्कूलहरु नखोल्ने निर्णय गरेको प्याब्सन गैडाकोटका अध्यक्ष लक्ष्मी दवाडीले जानकारी दिनुभयो । गर्मीको अवस्था कायमै रहेकोले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आइतबारदेखि मात्रै विध्यालयहरु खोल्ने निर्णय भएको उहाँले बताउनु भयो।
प्याब्सनले थप २ दिन विद्यालयहरु सञ्चालन नगर्ने निर्णय गरेपनि सामूदायिक विद्यालयहरुको हकमा भने हालसम्म कुनै निर्णय भएको छैन । अत्याधिक गर्मी बढेपछि गैँडाकोट नगरपालिकाले नगरका सबै विद्यालयहरुमा गत आइतबार देखि आजसम्मका लागि विदा दिने निर्णय गरेको थियो ।



उज्यालो खबर




