×

नवलपुर । नवलपुरको सेहरीमा रहेको लिटिल फ्लावर स्कुलको आयोजनामा एकमहिने निशुल्क अङ्ग्रेजी भाषा कक्षा सुरु हुने भएको छ । ज्येष्ठ २५ गते विहिवारदेखि एकमहिने अग्रेजी भाषाकक्षा सुरु गर्न लागिएको स्कुलले जनाएको छ ।

लिटिल फ्लावर स्कुलका प्राचार्य फादर रोवीले अङ्ग्रेजी भाषा लेख्न, बोल्न, पढ्न र सुन्ने कलाको विकासका लागि “स्पोकन इङ्लिस” नामक कक्षा सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहभागिहरुलाई कसरी शुद्धसँग प्रष्ट अङ्ग्रेजी बोल्ने भन्ने विषयमा कक्षामा  बढी जोड दिइने छ ।

स्कुलले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत सेहरीका स्थानीय युवाहरु, विद्यार्थीका अभिभावक तथा अग्रेजी भाषा सिक्न चाहने सबैका लागि कार्यक्रम आयोजना गरेको हो । स्कुलका प्रचार्य रोवी र केरलाबाट आउनुभएका अङ्ग्रेजी भाषाका अव्वल शिक्षक जोसेफले अङ्ग्रेजी भाषा सिकाउनुहुने कार्यक्रम तय गरिएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवा दिन थालेको हो ।
आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु लिटल फ्लावर स्कुल सेहरीमा छन् ।

तपाईको प्रतिक्रिया