×

चितवन सेरोफेरो

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी
चितवन- फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् ।पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् । पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका व्यवसायी हुन् । २०७३ सालदेखि निरन्तर संघमा कर्यसमिती सदस्य, उपाध्यक्ष हुँदै बरिस्ठ...

नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ – वडाध्यक्ष थापा

नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्छ – वडाध्यक्ष थापा
  चितवन – भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाले नागरिकसँग जनप्रतिनिधिको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने बताएका छन् । दर्शन मिडिया प्रा.लि.ले आइतबार लिटिल फ्लावर स्कुलमा आयोजना गरेको वडाअध्यक्षसँग विद्यार्थी (जनप्रतिनिधि र विद्यार्थीबिच अन्तरसंवाद)  कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले यस्तो बताएका हुन् । ‘वडाका जनप्रतिनिधिहरुको सम्बन्ध सम्पूर्ण वडावासी नागरिकहरुसँग जोडिएको हुन्छ’ वडाध्यक्ष थापाले भने, ‘यस्तो सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ ।’ वडाध्यक्...

क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा- शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप

क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा- शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप
भरतपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी बढुवा भएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो ।छानबिनका...

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

नवलपुरमा पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
नवलपुर- पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अ...

अधिकृत व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा रामजी घिमिरे चयन

अधिकृत व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा रामजी घिमिरे चयन
चितवन - अधिकृत व्यवसायी संघ चितवनको १७ औँ बार्षिक साधारणसभा तथा नवौ अधिवेशनले रामजी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।उद्योग बाणिज्यसंघ चितवनको सभाहलमा शनिवार सम्पन्न संघको नवौ अधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनोज रौनीयार, महासचिवमा उद्धवप्रसाद अधिकारी, सचिवमा निर्मल ढकाल, र कोषाध्यक्षमा कुलप्रसाद अधिकारी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा निरेश कुमार सिहं,भविराज घिमिरे,कृष्णप्...

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने

मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने
काठमाडौं । मुग्लिन -नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे । सो निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने...

भरतपुर टाउन टोल विकास संस्थामा नयाँ नेतृत्व – अध्यक्षमा श्रेष्ठ निर्वाचित

भरतपुर टाउन टोल विकास संस्थामा नयाँ नेतृत्व – अध्यक्षमा श्रेष्ठ निर्वाचित
चितवन - भरतपुर टाउन टोल विकास संस्था भरतपुर १२ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले गायत्री श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको शनिवार सम्पन्न दोस्रो अधिवेशनले आगामी २ वर्षका लागि श्रेष्ठको अध्यक्षतामा  १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । टोलविकास संस्थाको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवमा दिपक सापकोटा, सहसचिवमा निरु अधिकारी, कोषाध्यक्षमा अर्पणा श्रेष्ठ र सदस्यहरुमा दिलिप श्रेष्ठ, कमला श्रेष्ठ, पुनम श्रेष्ठ, पार्वती श्...

भगवती टोल विकास संस्थामा शोभाको नेतृत्व

भगवती टोल विकास संस्थामा  शोभाको नेतृत्व
भरतपुर - भरतपुर महानगरपालिका वडा नं ३ मा रहेको   भगवती टोल विकास   संस्थाको  १८ औ साधरणसभा तथा नवौ अधिवेशन भरतपुर महानगरपालिकाका वडा नं ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । टोल बिकासका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा भएको सो अधिवेशनबाट अध्यक्षमा शोभा देवी कंडेल निविरोध चयन हुनुभएको छ । यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा पदम बहादुर थापा , उपाध्यक्षमा सुमित्रा देवकोटा , सचिवमा रोशन थापा,सहसचिवमा हिरामणि गौतम ,कोषाध्यक्षमा हरिहर पौडेल ,सहकोषाध्...

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा लिटिल फ्लावर स्कुल, परवानीपुर प्रथम

विद्यालयस्तरीय नृत्य प्रतियोगितामा लिटिल फ्लावर स्कुल, परवानीपुर प्रथम
चितवन । चितवनको नारायणगढमा भएको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगितामा लिटिल फ्लावर स्कुल, परवानीपुर प्रथम भएको छ । नारायणगढको लिटिल फ्लावर स्कुल नारायणगढको आयोजनामा भएको अन्तरविद्यालय स्तरीय नृत्य प्रतियोगितामा २६ विद्यालयहरुलाई पछि पार्दे परवानीपुरमा रहेको लिटिल फ्लावर स्कुल प्रथम भएको हो । प्रतियोगितामा सनराइज इङ्लििस सेकेन्डरी स्कुल दोस्रो र स्मलहेभन मोडेल स्कुल तेस्रो भए । यसैगरी चौथो स्थानमा ओमशान्ति एकेडेमी र पाँचौ स्थानमा अर्किड सेकेन्डरी स्कुल रहे । नृत्य प्र...