×

चितवन – भरतपुर टाउन टोल विकास संस्था भरतपुर १२ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले गायत्री श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको शनिवार सम्पन्न दोस्रो अधिवेशनले आगामी २ वर्षका लागि श्रेष्ठको अध्यक्षतामा  १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

टोलविकास संस्थाको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवमा दिपक सापकोटा, सहसचिवमा निरु अधिकारी, कोषाध्यक्षमा अर्पणा श्रेष्ठ र सदस्यहरुमा दिलिप श्रेष्ठ, कमला श्रेष्ठ, पुनम श्रेष्ठ, पार्वती श्रेष्ठ र रिता कौडेल रहनु भएको छ । अधिवेशनबाट लेखा समिति संयोजकमा विमल कालाखेती र सदस्यहरुमा मिरा अधिकारी र बालकृष्ण श्रेष्ठ चयन हुनुभएको छ ।

भरतपुर टाउन टोल विकास संस्थाका अध्यक्ष भरतमणी खनालको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यतामा भएको साधरणसभाको उद्घाटन शत्रमा मुक्तिनगर टोलविकास संस्थाका अध्यक्ष देवी कार्की, सेन्ट्रल टाउन टोल विकास संस्थाका अध्यक्ष कुस्मा पन्त, सल्लाहकारहरु भोजराज कौडाल, बेद बहादुर थापा, शारदा कुवर, टेक बहादुर थापा, डा.सीपी सेढाई, डा. सारदा कुंवर लगायतले बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया