चितवन- फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् ।पौष ०८ गते सोमबार भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् ।
पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका व्यवसायी हुन् । २०७३ सालदेखि निरन्तर संघमा कर्यसमिती सदस्य, उपाध्यक्ष हुँदै बरिस्ठ उपाध्यक्षको जिम्मेवारी निभाइसकेका उनी योग्य र सबैको प्रीय क्यान्डिडेटको रुपमा प्रस्तुत थिए ।
नयाँ नेतृत्व चयनका लागि पौष ४ गते भएको मनोनयनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एकएक जनाको मात्रै उमेदवारी परेकाले सबै पद सर्वस्म्मत भएको थियो भने पौष ०८ गते सोमबार अध्यक्ष पदको लागि मात्र चुनाव गरिएको हो ।
सर्वसम्मत भएका अन्य पदाधिकारी तथा सदस्यहरु यस प्रकार रहेका छन्
बरिष्ठ उपाध्यक्ष- टंक प्रसाद सापकोटा
उपाध्यक्ष- डिलाराम खरेल
सचिव-विपिन रिजाल
कोषाध्यक्ष- पवित्रा पौडेल
सदस्यहरु
विपिन अर्याल, अनिता न्यौपाने, संगिता उपाध्याय, सन्तोष पोखरेल,पर्वती आचार्य ,रामचन्द्र धिताल अस्मिता सापकोटा, विकास सापकोटा, नविदिन मिया (नविन) , भानु सापकोटा , लक्ष्मण पौडेल, प्रविन सापकोटा, संगिता उपाध्याय रहेकी छन् ।



उज्यालो खबर




