एमाले चितवनले भन्यो- भरतपुर भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीलाई सहभागि नगराउनू !
चितवन –भरतपुर भ्रमण वर्षको वार्षिक उत्सवका अवसरमा भरतपुर महानगरले विद्यार्थीहरुलाई सहभागि गराउन खोजेको प्रति एमाले चितवनले विरोध जनाएको छ ।भरतपुर महानगरपालिकाले भ्रमण वर्षको कार्यक्रममा विद्यार्थीहरुलाई उपस्थित गराउन निजी विद्यालयहरुको छाता संगठन प्याब्सन चितवनलाई आग्रह गरेपछि एमाले चितवनले त्यसको विरोध गरेको हो ।
एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कायालयले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको...


