×

चितवन- भरतपुर महानगरपालिका–९ गोन्द्राङमा भारतीय नम्बरको कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।बुधवार राति ९ः०५ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको बिआर ०६ पिएफ ०९२९ नम्बरको भारतीय नम्बर प्लेटको कारले सोहि दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००६ प ३९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–५ झुवानी बस्ने ३७ वर्षीय गंगाराम महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।कार चालक भारतको बिहार बस्ने वर्ष २० को निरज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया