चितवनको हात्ती प्रतियोगिता रोक्न भन्दै जोन अब्राहमले लेखे नेपालका मन्त्रीलाई पत्र
चितवन। चितवनमा आयोजना गरिने हात्ती महोत्सवको नाममा जनावरमाथि दुर्व्यवहार हुने गरेको भन्दै चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।उक्त महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
‘यी बुद्धिमान र संवेदनशिल जनावरले खेलको क्रममा शारिरिक र भावनात्मक कष्ट सहन्छन्’ मन्त्री पाण्डे...


