
चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले उचालेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सातवटा विद्यालयलाई पछि पार्दै बाल्मीकीले उपाधी उचालेको हो ।
प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो र डेजी ईङ्लिस स्कुल तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम हुने भएको बाल्मीकीले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । उपविवेता सैनिक आवासिय महाविद्यालय र तेस्रो स्थानमा रहेको डेजीलाई क्रमशः २० हजार र १० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल लिटिल फ्लावर सोसाइटीले जनाएको छ ।
नेपाल लिटिल फ्लावर सोसाइटीका निर्देशक फादर रोवीकेयूको अध्यक्षता तथा नवोदय विद्यालय ब्यवस्थापन समितिका अध्यक्षका जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण समारोहमा नेपाल लिटिल फ्लावर सोसाइटीका सदस्य दिपकराज सिवाकोटी लगायतको उपस्थििति रहेको थियो ।