भरतपुर । चितवनको निजी अस्पतालमा पहिलो पटक अनुहारको हड्डि सिधा गर्ने शल्यक्रिया (Orthognathic Surgery) सफलतापूर्वक सम्पन्न भएको छ । यो शल्यक्रिया डा कृष्ण रेग्मीको नेतृत्वमा गरिएको हो ।
मुख तथा मैक्सिलोफेशियल शल्यचिकित्सक डा रेग्मीले चितवनको स्वास्थ्य सेवा क्षेत्रमा एउटा कोशेढुंगा साबित भएको दाबी गर्नुभयो । “यो चितवनको स्वास्थ्य सेवा क्षेत्रमा एउटा कोशेढुंगा साबित हुनेछ। अनुहारको हड्डि सिधा गर्ने सुधारात्मक शल्यक्रिया अब चितवनमै सम्भव भएको छ, जसका लागि बिरामीहरूलाई काठमाडौँ वा विदेश जानुपर्ने आवश्यकता छैन”डा. रेग्मीले भन्नुभयो ।
मुख तथा मैक्सिलोफेशियल शल्यचिकित्सक डा रेग्मीले चितवनमा यसअघि थ्री डी भर्चुअल सर्जिकल प्लानिङ प्रविधि सफलतापूर्वक प्रयोग गर्नुभएको थियो। यो सफलताले चितवनलाई उच्चस्तरीय शल्यचिकित्सा सेवाको केन्द्रका रूपमा स्थापित गर्न थप बल प्रदान गर्ने उहाँको विश्वास छ।



उज्यालो खबर




