रविलाई रातारात पोखरा पुर्याइयो
चितवन- चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको छ । साहारा चितवन बहुउद्धेश्यिय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधवार राति ८ बजेसम्म बयान लिएर सकिएपछि तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई मध्यरातमा नै पोखरा लगिएको छ ।
लामिछानेलाई राति ३ बजे नै पोखरातर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।चितवनका प्रहरी प्रमुख एसपी...


