हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् ।मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।
आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुर आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।



उज्यालो खबर




