भरतपुर – भरतपुर महानगरपालिका वडा नं ३ मा रहेको भगवती टोल विकास संस्थाको १८ औ साधरणसभा तथा नवौ अधिवेशन भरतपुर महानगरपालिकाका वडा नं ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
टोल बिकासका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा भएको सो अधिवेशनबाट अध्यक्षमा शोभा देवी कंडेल निविरोध चयन हुनुभएको छ । यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा पदम बहादुर थापा , उपाध्यक्षमा सुमित्रा देवकोटा , सचिवमा रोशन थापा,सहसचिवमा हिरामणि गौतम ,कोषाध्यक्षमा हरिहर पौडेल ,सहकोषाध्यक्षमा अनिता थापा चयन हुनुभएको छ ।
यसै गरि सदस्यहरुमा मिना गौतम ,गणेश पौडेल, शिवराज पोखरेल ,दिनेश थापा , गोविन्द कर्मचार्य र लिला पौडेल चयन हुनुभएको छ । सो कार्यक्रममा विशिष्ठ अतिथिी वडासदस्यहरु माधव अर्याल ,कमला बोलखे , बेलचोक भगवती मन्दिर समितिका अध्यक्ष शंकर सापकोटा , बेलचोक टोल विकासका अध्यक्ष इन्दिरा कंडेल, , टोलका पूर्व अध्यक्ष गणेश पौडेल लगायतले बोल्नुभएको थियो ।



उज्यालो खबर




