२७० किलो गाँजासहित चितवनमा भारतिय नागरिक पक्राउ
चितवन । चितवनमा २७० केजी गाँजा सहित एक जना भारतिय नागरिक पक्राउ परेका छन । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका १ स्थित प्रहरी विट लोथरबाट ट्रकमा लुकाइछुपाइ ओसारपसार गर्दै गरेको गाँजा बरामद गरेको हो । भारतिय नम्बर प्लेटको एनएल ०१ एन ५८६७ नम्वरको ट्रकमा खानतलासी गर्दा २७० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीले ओसारपसारमा संलग्न ट्रक र ट्रकका चालक भारत बिहारको पुर्वी चम्पानगर घर भएका २५ बर्षिय पिन्टु कुमारलाई प...


