×

चितवन सेरोफेरो

प्रेस चौतारी चितवनले श्रमजीवि पत्रकारलाई राहात वितरण र अवस्थाको सर्वेक्षण गर्ने

प्रेस चौतारी चितवनले श्रमजीवि पत्रकारलाई राहात वितरण र अवस्थाको सर्वेक्षण गर्ने
चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो । चौतारी चितवनले राहात वितरण गर्न तिलकराम रिमालको संयोजकत्वमा मनोज घिमिरे, गोविन्द घिमिरे, मुकुन्द भूषाल, विकास पौडेल र रविना पौडेल रहेको ७ सदस्यीय समिती गठन गरेको हो । सो समितिले कोरोना कारण समस्यामा परेका जिल्लाका क्रियाशील पत्रकारहरूको अवस्थाको पहिचान र मूल्याङ्न गरी...

चितवनसहित छिमेकी जिल्लाका एचआईभी संक्रमितलाई घरघरमा एआरभी औषधि

चितवनसहित छिमेकी जिल्लाका एचआईभी संक्रमितलाई घरघरमा एआरभी औषधि
नारायण अधिकारी चितवन–कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पुर्‍याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पुर्‍याउँदै आएको हो । यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जस मध्ये ४५ जना बालवालिका रहेका छन् । औषधि सेवन गर्दै आएका मध्ये ३० प्रतिशतले अस्पतालमानै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै...

सामुदायिक रेडियो प्रसारक मञ्चद्धारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण

सामुदायिक रेडियो प्रसारक मञ्चद्धारा स्वास्थ्य सुरक्षा सामाग्री बितरण
 चितवन ।  सामुदायिक रेडियो प्रसारक मञ्चले  स्वास्थ्य  सुरक्षा सामाग्री बितरण गरेको छ। चितवन नवलपुर क्षेत्रमा रहेका २० वटा भन्दा बढि रेडियोहरूलाई सुरक्षा सामाग्री प्रदान गरेको हो । अहिलेको कोरोना संक्रमणको अबस्थामा सबैभन्दा धेरै मार एफएम रेडियोहरूलाई परेको र कार्यरत पत्रकार पनि जोखिममा रहेको देखिएकोले जोखिम न्युनिकरण र रेडियोको हालको अबस्था बुझ्नका लागि रेडियोहरूमा पुगेको अकोराब नेपालका केन्द्रीय सदस्य नविनराज पौडेलले बताउनुभयो । स्वास्थ्य सामाग्री पुरानो मेडिकल कलेज चित...

रोटरी क्लब अफ नारायणी मिड टाउनद्धारा स्वास्थ्य सामाग्री सहयोग

रोटरी क्लब अफ नारायणी मिड टाउनद्धारा स्वास्थ्य सामाग्री सहयोग
धादिङ । रोटरी क्लब अफ नारायणी मिड टाउनले कोभिड १९ रोग रोकथाम तथा नियन्त्रणका लागि धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा कार्यालय लाई नगद एकलाख एकासी हजार आठ सय अड्तिस रुपैयाँ बराबरको PPE सेट , अक्सिमिटर , थर्ममिटर , सर्जिकल मास्क, सेनिटाईजर लगायत विभिन्न प्रकारका मिडिसिन समेत सोही गाउँपालिकाका अध्यक्ष बिनोद राज तिमल्सिना र स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठलाई क्लबका अध्यक्ष रोटरियन यमनाथ दनै मार्फत हस्तान्तरण गरेको छ । उक्त गाउँपालिकामा यतिबेल...

जुमबाट प्रेस चौतारी चितवनको विस्तारीत बैठक, कोभिडको असरमा परेका पत्रकारलाई सहयोग गरिने

जुमबाट प्रेस चौतारी चितवनको विस्तारीत बैठक, कोभिडको असरमा परेका पत्रकारलाई सहयोग गरिने
पेशागत पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी चितवन, जिल्ला शाखा चितवनको विस्तारीत बैठकले कोरोनाका कारण प्रभावित जिल्लाका पत्रकारहरूलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । जुमबाट गरिएको बैंठकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि गरिएको लकडाउन, श्रमजीवि पत्रकारहरुको अहिलेको अवस्था, प्रेस चौतारी चितवनले पत्रकारको स्वास्थ्य सुरक्षामा ध्यान दिएर सबै पत्रकारहरुमा गरिएको स्वास्थ्य सामाग्री वितरण, संगठनका आगामी कार्ययोजना एवम् कार्यभारका विषयमा छलफल गरिएको थियो । बैठकले समाचार सं...

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थपियो
चितवन । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राती १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको...

महालक्ष्मी विकास बैंक नारायणगढद्धारा स्वास्थ्य सामाग्री सहयोग

महालक्ष्मी विकास बैंक नारायणगढद्धारा स्वास्थ्य सामाग्री सहयोग
चितवन । महालक्ष्मी विकास बैंक नारायणगढले आज भरतपुरमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा स्वास्थ्य समाग्री सहयोग गरेको हो ।गणेशस्थान टोल विकास संस्थालाई मास्क, सेनेटाईजर लगाएतका स्वास्थ्य सामाग्री उपलव्ध गराइएको बैकंका शाखा प्रवन्धक विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो । शाखा प्रवन्धक चौधरीले वडा नं. ११ का वडा सदस्य चिन्तामणी लम्साल र टोल विकास संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठलाई बैंकको तर्फबा...

जन्मदिनको अवसरमा फरुवा वितरण

जन्मदिनको अवसरमा फरुवा वितरण
चितवन  । गैर आवासीय नेपाली संघ (NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि सोमबार फरुवा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेलको जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ७ को देबेन्द्रपुर परुई नदी किनारका सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गरिएको हो । राष्ट्रिय युवा संघ माडीद्वारा सहजीकरण गरिएको कार्यक्रममा सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वि...

डब्लु.डब्लु.जे चितवनद्धारा सेनिटरी प्याड वितरण

डब्लु.डब्लु.जे चितवनद्धारा सेनिटरी प्याड वितरण
चितवन । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर (डब्लु.डब्लु.जे चितवन)ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको छ । मे २८ मा पर्ने महिनावारी स्वच्छता दिवसको अवसरमा जिल्लाका पत्रकार महिलाहरुसंग अन्तरक्रिया गरेको (डब्लु.डब्लु.जे चितवन)ले महिनावारी स्वच्छताबारे सचेतना जगाउन सेनिटरी प्याड वितरण गरेको हो । नेपाली समाजमा महिनावारी संग जोडिएका विभेदपूणर् व्यवहारलाई हटाउँदै महिनावारी सरसफाई र प्रजनन स्वास्थ्यबारे सचे...