Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । महालक्ष्मी विकास बैंक नारायणगढले आज भरतपुरमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा स्वास्थ्य समाग्री सहयोग गरेको हो ।गणेशस्थान टोल विकास संस्थालाई मास्क, सेनेटाईजर लगाएतका स्वास्थ्य सामाग्री उपलव्ध गराइएको बैकंका शाखा प्रवन्धक विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

शाखा प्रवन्धक चौधरीले वडा नं. ११ का वडा सदस्य चिन्तामणी लम्साल र टोल विकास संस्थाका अध्यक्ष राजन कुमार श्रेष्ठलाई बैंकको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।कोभिड महामारीका कारण सबै नागरिकहरु समस्यामा परेको बखत बैंकले आफ्नो उत्तरदायित्व सम्झेर आफ्नो टोलमा सहयोग गरेको भन्दै टोलविकास संस्थाका अध्यक्ष श्रेष्ठले बैंकलाई धन्यवाद दिनुभएको थियो ।

स्वास्थ्य सुरक्षा समाग्री सहयोग कार्यक्रमको सञ्चालन बैकंका कर्मचारी मनिषा घिमिरेले गर्नुभएको थियो । बैकंले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा समाजिक कृयाकलापमा सहभागिता जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया