×

चितवन सेरोफेरो

प्रेस चौतारी चितवनकाे प्रश्न : भरतपुर महानगरका प्रवक्ताबाट पत्रकारमाथि दुर्व्यबहार किन ?

प्रेस चौतारी चितवनकाे प्रश्न : भरतपुर महानगरका प्रवक्ताबाट पत्रकारमाथि दुर्व्यबहार किन ?
चितवन । चितवन प्रहरी र भरतपुर महानगरका प्रवक्ता एवम् भरतपुर–१० का वडाध्यक्ष अरुणपिडीत भण्डारीबाट पत्रकारमाथि भएको दुव्र्यहारप्रति प्रेस चौतारी चितवन शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका अध्यक्ष सुवास पण्डितले बिहीबार एक विज्ञप्ति जारी गर्दै चौतारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ ‘सेवा लिन आएका सेवाग्राहीमाथि भरतपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले अभद्र व्यवहार गरेको सम्बन्धमा रि...

मितेरी फाउन्डेसनद्धारा चितवनमा ७५ चेपाङ घरधुरीलाई राहात बितरण

मितेरी फाउन्डेसनद्धारा चितवनमा ७५ चेपाङ घरधुरीलाई राहात बितरण
चितवन । मितेरी फाउन्डेसन नेपाल को आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा आज राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। बान्द्राङ, सागम , बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीलाइ राहत वितरण गरिएको हो। प्रति घर ३० किलाे चामल ,२ किलाे दाल, ३किलाे नुन १ लिटर तेल आधा किलो मस्यौरा बितरण गरिएको हाे। मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशर सिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो।सस...

८ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भरतपु्रबाट एकजना पक्राउ

८ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भरतपु्रबाट एकजना पक्राउ
चितवन । ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा चितवनमा एकजना पक्राउ परेका छन् ।तनहुँ घर भरतपुर महानगगरपालिका वडा नं. ७ मा आमा सँग बस्दै आएकी बालिकालाई करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वडा नं. ९ बस्दै आएका ३८ वर्षका दिपमान सिहं राई पक्राउ परेका हुन् । उनको स्थायी घर उदयपुरको कटारी नगरपालिका वडा नं. ६ रहेको चितवन प्रहरीले जनाएको छ । बालिकाको परिवारसँग विगत २ वर्षदेखि समान्य चिनजान गरेका राईले कोहि नभएको मौका पारेको करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिमाथी अदालत...

देवघाटमा मेसिनरी औजार प्रयोग गरी उत्खनन् नगर्न समन्वय समितिको निर्देशन

देवघाटमा मेसिनरी औजार प्रयोग गरी उत्खनन् नगर्न समन्वय समितिको निर्देशन
देवघाट । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई ग...

कांग्रेस नेता खनाल मार्फत चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग

कांग्रेस नेता खनाल मार्फत चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग
चितवन । नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाले चितवनको कालिका नगरपालिकामा बसोबास गर्ने चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग गरेको छ ।नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाका अध्यक्ष उदय दुरा मार्फत आएको ५० हजार रुपैँया सोमबार नेपाल तरुणदल कालिका नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली काग्रेसका महासमिति सदस्य तथा युवा नेता राजेश्वर खनाललाई प्राप्त भएको रकम एक कार्यक्रमका विच नेपाल तरुणदल कालिका नगरपालिकाका अध्यक्ष कमलराज मुक्तानलाइ हस्तान्तरण गरिएको हो ।...

चितवनकाे राप्ती नदीमा गाेहीकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु

चितवनकाे राप्ती नदीमा गाेहीकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु
चितवन । चितवनमा मगर गोहीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आज चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारा भरतपुर महानगरपालिका २४ ध्रुबघाट क्षेत्रमा मगर गोहीको आक्रमणका कारण अन्दाजी ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको हो । निकुञ्जको सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार बोटे भरतपुर २५ स्थित बस्कट्टाका बासिन्दा हुन । बोटे गैरकानुनी रुपमा रातको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहिले आक्रमण गरेको अनुमान गरिएको छ । हालसम्म निन्कुञ्जमा र यसको मध्यवर्ती क्षेत्र...

बच्चाले बच्चा पाउन थालेपछि रोक्दै राप्ती नगरपालिका, २० वर्ष पुगेपछि विवाह गर्नेलाई आर्थिक प्रोत्साहन

बच्चाले बच्चा पाउन थालेपछि रोक्दै राप्ती नगरपालिका, २० वर्ष पुगेपछि विवाह गर्नेलाई आर्थिक प्रोत्साहन
राप्ती  । राप्ती नगरपालिकाले चेपाङ समुदायमा बालविवाह रोक्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती समुदायको बसोबास छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा १० हजारभन्दा बढी चेपाङ छन् । नगरप्रमुख प्रभा बरालले भन्नुभयो “ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायमा बालविवाह रोक्न विशेष अभियान सञ्चालन गर्न लागेका छौँ । सचेतनाका कारण बालविवाहमा केही न्यूनिकरण भएको छ...

बाँदरमुढे घटना भएको आज १६ वर्ष पुरा : पीडितहरुको अवस्था उस्तै

बाँदरमुढे घटना भएको आज १६ वर्ष पुरा : पीडितहरुको अवस्था उस्तै
चितवन – तत्कालिन नेकपा माओवादीले चितवनको माडी बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुखद् घटना भएको आज १६ वर्ष पुरा भएको छ ।सशस्त्र हिंसाका बेला चितवनको माडी कल्याणपुर बादरमुढे खोलामाओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । बम बिस्फोटन घटनामा ७५ जना घाइते भएका थिए । माडीबासीले आजको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको...

 ट्रक र मोटरसाईकल ठोक्किदा भरतपुरकाे रमाईलोचाेकका युवाकाे मृत्यु

 ट्रक र मोटरसाईकल ठोक्किदा भरतपुरकाे रमाईलोचाेकका युवाकाे मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्को एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं। २९ घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर १० रमाईलोचोक बस्ने ३५ वर्षिय बिनोद अधिकारी रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार भरतपुर २९ जुगेडी बस्ने बर्ष २७र२८ का मनोज थापा क्षेत्र...