×

चितवन – तत्कालिन नेकपा माओवादीले चितवनको माडी बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुखद् घटना भएको आज १६ वर्ष पुरा भएको छ ।सशस्त्र हिंसाका बेला चितवनको माडी कल्याणपुर बादरमुढे खोलामाओवादीले थापेको विद्युतीय धरापमा परी २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए ।

बम बिस्फोटन घटनामा ७५ जना घाइते भएका थिए । माडीबासीले आजको दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको भए पनि यसपटक कोरोनाका कारण बिगतको जस्तो कार्यक्रम नहुने देखिएको छ । १ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ आउदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो । घटना भएको १६ बर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने हाल सम्म उचित राहत पाउन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बादरमुडे पिडितकाे लागी राहतकाे प्याकेज ल्याउने बताएकाे भए पनि हालसम्म साे राहात प्याकेज कहाँ छ भन्ने अन्याैल नै छ । अहिले पनि धेरै घाइते र पिडित बनेकाहरु आफुहरुको उचित ब्यबस्थापन र आबश्यक उपचारको ब्यबस्थापन नभएको गुनासो गरेका छ्न । घाइतेहरु धेरैले आफुहरु अंगभङ भएकोले सरल र सहज जिबन यापन गर्न कठिन भएको जनाएका छ्न ।बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालिन ने क पा माओवादी हरूको चर्को आलोचना र बिरोध पनि भएको थियो । बाँदरमुढे घटना लाई तात्कालिन ने क पा माओवादी हरूले र अध्यक्ष प्रचण्ड ले समेत गम्भीर भुल र ठुलो गल्ती भएको भनी माफी समेत मागेका थिए ।

तपाईको प्रतिक्रिया