Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा चितवनमा एकजना पक्राउ परेका छन् ।तनहुँ घर भरतपुर महानगगरपालिका वडा नं. ७ मा आमा सँग बस्दै आएकी बालिकालाई करणी गरेको आरोपमा भरतपुर महानगरपालिका वडा नं. ९ बस्दै आएका ३८ वर्षका दिपमान सिहं राई पक्राउ परेका हुन् ।
उनको स्थायी घर उदयपुरको कटारी नगरपालिका वडा नं. ६ रहेको चितवन प्रहरीले जनाएको छ । बालिकाको परिवारसँग विगत २ वर्षदेखि समान्य चिनजान गरेका राईले कोहि नभएको मौका पारेको करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनिमाथी अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनिमाथी कानून वमोजिम कारबाही हुनेछ ।

तपाईको प्रतिक्रिया