Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाले चितवनको कालिका नगरपालिकामा बसोबास गर्ने चेपाङ परिवारलाई खाद्यान्न उपलव्ध गराउन आर्थिक सहयोग गरेको छ ।नेपाली काग्रेस जनसम्पर्क समिति क्यानडाका अध्यक्ष उदय दुरा मार्फत आएको ५० हजार रुपैँया सोमबार नेपाल तरुणदल कालिका नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाली काग्रेसका महासमिति सदस्य तथा युवा नेता राजेश्वर खनाललाई प्राप्त भएको रकम एक कार्यक्रमका विच नेपाल तरुणदल कालिका नगरपालिकाका अध्यक्ष कमलराज मुक्तानलाइ हस्तान्तरण गरिएको हो ।कालिका नगरपालिका भित्र रहेका विपन्न चेपाङ परिवारको चुल्हो बाल्ने उदेश्यले प्राप्त भएको रकमले खाद्यान्न खरिद गरि चेपाङ परिवारकै चुल्होमा पुर्याउने नेता खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया