गोविन्द घिमिरे
चितवन । कोभिसिल्ड र भेरोसेलको पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुट्नुभएका नगरवासीहरूलाई कालिका नगरपालिकाले खोप उपलव्ध गराउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले खोप उपलब्ध गराउने भएको हो ।२०७७ फागुन २३ गते भन्दा अगाडि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोस्रो डोज नलगाएकाहरुले नगरपालिको स्वास्थ्य शाखामा सम्र्पक गर्न स्वास्थ्य शाखाका प्रमुख दिपक भण्डारीले आग्रह गर्नुभयो ।
त्यसैगरी निषेधाज्ञा लागु भएका कारण र संक्रमण दर उच्च रहेसँगै काठमाडौँ जान नपाई दोस्रो डोजको भेरोसेल खोप लगाउन छुटेका नगरवासीहरूको सहजताका लागि स्वास्थ्य शाखाबाट खोप उपलब्ध गराईने उहाँले बताउनु भयो ।काठमाण्डौ गएर पहिलो डोज लगाउनुभएका व्यक्तिहरुले पहिलो खोप लगाएको कार्ड सहित दोस्रो डोजको खोप लगाउनका लागी नगरपालिकाको स्वास्थ्य शाखामा नाम टिपाउन सक्ने उहाँले बताउनुभयो।
आफ्नो नाम, उमेर, ठेगाना, पहिलो मात्रा लगाएको मिति तथा सम्पर्क नम्बर सहित सिधै स्वास्थ्य शाखा वा मनमाया बस्नेतको नम्वर ९८४६०९७८७२ मा सम्पर्क गर्न सकिने छ। कालिका नगरपालिकाले नगरवासीकाे स्वास्थ्यलाई ध्यानमा राख्दै विगतदेखिनै प्रभावकारी कामहरु गर्दै आएकाे छ ।