भरतपुर । चितवनका युवा संचारकर्मी राजकुमार लामिछानेले प्रेस चौतारी चितवन शाखालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन । आज सोमबार प्रेस चौतारी चितवनको कार्यालयमा उनले जिल्लाका पत्रकारका लागि विरतण गरिने स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।
लामिछानले स्वास्थ्य सामाग्री प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यलाई हस्तान्तरण गरे । प्रेस चौतारी चितवनका सदस्य समेत रहेका लामिछाने एक दशक अघिदेखि संचार क्षेत्रमा सक्रिय छन । उनि राइनो इन्टरनेशनलका संचालक समेत हुन ।
लामिछानेले विपदको समयमा जोखिम मोलेर अग्रपंतीमा काम गर्ने पत्रकारहरुका लागि आफुले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रेस चौतारीलाई आवश्यक परेको खण्डमा थप स्वास्थ्य सामाग्री प्रदान गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा प्रेस चौतारीका सहअध्यक्ष आचार्यले स्वास्थ्य सामाग्री प्रदान गरेको भन्दै लामिछानेलाई धन्याबाद ज्ञापन गरे । प्रेस चौतारीले शुक्रबारदेखि जिल्लाका पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । सो अवसरमा प्रेस चौतारीका सदस्य गोविन्द घिमिरे, मुकुन्द भुषाल , मनाेज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।