वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस मनाँउदै
चितवन। वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले १७ औं क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २२ औं वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम गरी मनाईरहेको छ । अस्पतालले विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा विविध कार्यक्रम गरी दिवस मनाईरहेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमका अनुसार हिजो सोमबार अस्पताल गेटदेखि बुद्धचोकसम्म पर्चा वितरण कार्यक्रम सम्पन्न भएको छ । क्यान्सर सेवा समाजको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी आज मंगलबार क्यान्सर स...


