चितवनका थारु समुदायमा जितियाको रौनक, आज निराहर ब्रत बसेर जितिया मनाउँदै
चितवन–चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् ।थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाउन लागिएको हो । विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु आज विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।
तीन दिन...


